जबरजस्ती करणी सम्बन्धी ।
२०७९-११-१४
- A
- A-
- A+
जुम्ला ,जिल्ला जुम्ला गुठिचौर गाउँपालिका-१ साधेपानी
वस्ने वर्ष ४१ को दत्त बहादुर बि.क.ले आफ्नो झट्केली छोरी वर्ष १६ कि नाबालिकालाई
आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेको भनि प्रहरी चौकी मणिसाँघु जुम्लामा मिति
२०७९।११।१२ गते अं. १४:३० बजेको समयमा खवर गरे पश्चात यस चौकीबाट प्रहरी सहायक
निरीक्षकको कमाण्डमा ३ जनाको टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी सहायक
निरीक्षकको कमाण्डमा SOCO
सहित ५ जनाको टोली खटि गई थप अनुसन्धानको लागि निज पिडक र पिडितलाई जिल्ला
प्रहरी कार्यालय ल्याई राखिएको छ ।