प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा सादा पोशाकमा खटीएको प्रहरी टोलीले सम्मानित अदालतबाट फैसला भई जरीवाना तोकिएको लागत असुल गर्नुपर्ने बहुबिबाह मुद्दाको फरार प्रतिबादी फैसला मिति २०७२।०३।३१ गते लगत नं.७०२/४४० मा ५००० रूपैयाँ जरीवाना र ११ महिना १३ दिन कैद तोकिएको जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-७ बस्ने बर्ष ३३/३४ को सुकलाल दमाईलाई आफ्नै घरमा बसेको अवस्थामा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याईएको छ। 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१३

जाजरकोट, मिति २०८१।१०।१२ गते अन्दाजी २०:०० बजेको समयमा जिल्ला जाजरकोट साबिकको रग्दा गा.बि.स.वडा नं.२ हाल नलगार्ड न.पा.९ तात्रा माईती घर बस्ने बर्ष ५४ की पिउसरी बि.क.भन्ने आशा कामी लाई मानब बेचबिखन तथा ओसार-पसार मुद्दामा सम्मानित जिल्ला अदालत जाजरकोटको मिति २०७४।११।२१ गतेको फैसल्ला आदेशले ४ बर्ष कैद सजाय भई भागी फरार रहेकी लगत नं.७५ की निज प्रतिबादी आफ्नै माइती घर वतनमा लुकीछिपी बसेको अबस्थामा इलाका प्रहरी कार्यालय रग्दा जाजरकोटबाट खटिएको प्रहरी टोलीले निज प्रतिबादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई सम्मानित जिल्ला अदालत जाजरकोटमा बुझाइएको ।

फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१३

जुम्ला, मिति २०८१।१०।१३ गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला जुम्ला गुठिचौर गाउपालिका ३ बस्ने ओम बहादुर बुढाको छोरा वर्ष अन्दाजी २१ को डाँका चोरी मुद्दामा सम्मानित जुम्ला जिल्ला अदालत जुम्लाको लागत नं ४९७ मिति २०८०।०८।२४ गतेको फैसलानुसार ३ वर्ष ४ महिना कैद र रु ३३,३३४ जरिवाना तोकिएको फरार प्रतिवादी हिमाल बुढालाई प्रहरी चौकि झारज्वालावाट खटिएको प्रहरी टोलिले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं ५ कृष्ण मन्दिर स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित जुम्ला जिल्ला अदालत बुझाइएको ।