फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-०३
- A
- A-
- A+
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं. ३३६७
चेक अनादर मुद्दाका फरार प्रतिवादी जिल्ला जाजरकोट साल्मा गाउपालिका-९ घर भई हाल
बीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्ने बर्ष ५६ को यबान बहादुर बुढालाई तालुक
प्रदेश प्रहरी कार्यालय सुर्खेत बाट खटिएका प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा ३
जनाको प्रहरी टोलिले खोजतलास गर्दै जाँदा बिरेन्द्रनगर नगरपालिका वडा नं.-३
एरिचोकबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाई फैसला कार्यान्वयनको
लागि सम्मानित सुर्खेत जिल्ला अदालतमा पठाईएको छ ।