भेरी नदिको किनारामा वेवारिसे अवस्थामा लास फेला थप अनुसन्धन जारी ।
२०७९-११-०२
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० स्थित
भेरी नदिको किनारमा नामथर वतन नखुलेको अन्दाजी बर्ष ३५/३६ को जस्तो देखीने पुरुषको
लाश भेरी नदिको किनारमा छ भनि स्थानिय भेरीगंगा नगरपालिका-२ का वडा अध्यक्ष
चिरञ्जिवी बुढाले प्रहरी चौकी सुब्बाकुना
मा टेलिफोन मार्फत जानकारी प्राप्त गराए पश्चात तत्काल यस चौकी बाट प्रहरी सहायक
निरिक्षक को कमाण्डमा ४ जना र तालुक ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी
निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटिगएको र उक्त लाश भेरी नदिको किनारमा काठमा
घोप्टो अबस्थामा अड्किएर रहेको, सडिगली गई अनुहार चिन्न
नसकिने अबस्थामा रहेको र लाशलाई बाहिर निकाली थप अनुसन्धान कार्य भई रहेको छ ।