प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ ।

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।१८ गते १०:३० बजेको समयमा जिल्ला जुम्ला चन्दनाथ नगरपालिका ८ रोकायावाडा बाट गाँजा चरेस कसुरमा सम्मानित बाँके जिल्ला अदालतको मिति २०७२।०५।०६ गतेको आदेश फैसलाले १० महिना ६ दिन कैद सजाय तोकेको फरार प्रतिवादी जिल्ला जुम्ला चन्दनाथ नगरपालिका ८ रोकायावाडा बस्ने बर्ष ३८ को धन बहादुर रोकायालाई ४ जनाको प्रहरी टोलिले निजको घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको, निजलाई सम्मानित जुम्ला जिल्ला अदालतमा बुझाउने कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।