फरार प्रतिबादी काठमाडौंबाट पक्राउ ।
२०७९-०९-२६
- A
- A-
- A+
सम्मानित अदालतबाट लगत
लागेका बैंकिङ कसुर मुद्धामा रु.४६,०००००।– (छ्यालिस लाख) जरिवाना र १५ दिन कैद
सजाय भएको फरार अभियुक्त बिष्णु बहादुर बुढा काठमाडौं बौद्धको वडा एरियामा
लुकिछिपि बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, डोल्पाबाट खटिएको
प्रहरी टोलीले प्रहरी बृत बौद्धसंग समन्वय गरी निज बिष्णु बहादुर बुढालाई आज मिति
२०७९।०९।२६ गते पक्राउ गरी प्रहरी बृत बौद्धको नियन्त्रणमा राखेको ।