लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१२-१३
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/१२/१२ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर
नगरपालिका वडा नं. ०४ कालागाँउ स्थितमा लागूऔषधको ओसार पसार भईरहेको छ भन्ने गोप्य
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र लागुऔषध ब्युरो सुर्खेतबाट
खटिएको संयूक्त प्रहरी टोलीले उक्त स्थानमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपलिका
वडा नं. ०४ बस्ने बर्ष अन्दाजि २९ को बिवेक थापालाई शंकास्पद अवस्थामा फेलापारी
निजको शरिर तथा घरकोठा खानतलासि गर्दा निजको साथबाट लागुऔषध जस्तो देखीने धुलो
पदार्थ शुद्ध ११० (एक सय दश मिलिग्राम) फेलापारी निजलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।