प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०५-२३

  • A
  • A-
  • A+
Share

मुगु, सम्मानित मुगु जिल्ला अदालत मुगुको मिति २०७४।०३।२७ गतेको फैसलाले १ वर्ष कैद र रु.५,०००।- ( पाँच हजार ) जरिवाना तोकी फरार रहेको बहुविवाह मुद्दाको फरार प्रतिवादी जिल्ला मुगु खत्याड गाउँपालिका वडा नं. ९ जामिरा बस्ने बर्ष ३२ को शिवराज तिवारीलाई जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा न.२ न्युरोड स्थित सार्वजनिक बाटोमा हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलिले पक्राउ गरि सम्मानित जिल्ला अदालत मुगुमा पेश गर्ने कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।