प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०३-१९

  • A
  • A-
  • A+
Share

मिति २०८१।०३।१८ गते अन्दाजी ०९:३० बजेको समयमा जिल्ला सल्यान दमाचौर-०३ घर भई हाल जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-९ राडी बजारमा बस्दै आएको सल्यान जिल्ला अदालतको लगत नं.२७८ कुटपिट मुद्दा मा २८ दिन कैद र रु. ४२५ जरिवाना तोकिएको फरार प्रतिबादि पुर्ण बहादुर चन्दलाई इलाका प्रहरी कार्यालय, आठबिसकोट रूकुम पश्चिम बाट खटिएको प्रहरी टोलीले राडी बाजारमा फेला पारी पक्राउ गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यान मार्फत सम्मानित सल्यान जिल्ला अदालतमा बुझाएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।