प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादि पक्राउ ।

२०८१-०३-१८

  • A
  • A-
  • A+
Share

मिति २०८१।०३।१७ गते अन्दाजि १८:०० बजेको समयमा सल्यान जिल्ला अदालतको मिति २०८०।०३।३१ गतेको फैसलाले बन सम्बन्धि मुद्दा लगत नं. ७१-०८०-०००६८ ले २ महिना कैद र रू. १०,०००।जरिवाना तोकिएको फरार प्रतिबादी जिल्ला सल्यान बागचौर नगरपालिका १० मोखला बस्ने बर्ष ४८ को गिरीदल बस्नेत लाई इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले निजको घर बाट पक्राउ गरी सल्यान जिल्ला अदालतमा  बुझाइएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०५-११

सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला जुम्ला हिमा गाउँपालिका-३ स्थायि घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले नजिक एक होटेलमा कोठा लगी बसेको बर्ष २३ को प्रकाश नाथ योगीलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट ७ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा  १० ग्राम ४० मिलि ग्राम), मोबाइल १ थान र नगद रु. ४३,५००( अक्षेरूपि रू त्रिचालिस हजार पाँच सय) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धाका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई अनुसन्धान भईरहेको । 

फरार प्रतिवादी पक्राउ ।
२०८१-०५-०५

दैलेख, मिति २०८१।०५।०५ गते अन्दाजी ११:०० बजेको समयमा जिल्ला दैलेख डुङ्गेश्वर गाँउपालिका वडा नं.५ बस्ने जित बहादुर भण्डारीको छोरा बर्ष ४३ को घन श्याम भण्डी गोपनियता भंग तथा भ्रष्टाचार मुद्दाको फरार प्रतिबादी सम्मानित जिल्ला अदालत दैलेख मिति २०७८।१०।११ गतेको फैसलाले प्रश्न पत्र गोपनियता भंग गरी भ्रष्टाचार कसुर मुद्धामा रु ५०००।- (पाँच हजार बराबरको) बिगो जरिवाना कायम भएको र (३) महिना सजाय भएका सम्मानित जिल्ला अदालत दैलेखको लगत नं. ११९६ कसिएका फरार प्रतिबादी घनश्याम भण्डारीलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख बाट खटीएका संयुक्त प्रहरी टोलीले डुङ्गेश्वर गाँउपालिका वडा नं.५ डाँडापराजुल स्थित बाटोमा हिड्दै गरेको अवस्थामा निजलाई फेलापरी नियनत्रणमा लिई जिल्ला प्रहरी कार्याल दैलेखमा ल्याई ऐ. १२:३० बजे निज घनश्याम भण्डारीलाई सम्मानित जिल्ला अदालत दैलेखमा बुझाएको ।