प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

५ जना फरार प्रतिबादी प्रकाउ ।

२०८१-०३-१०

  • A
  • A-
  • A+
Share

जुम्ला,

मिति २०८१।०३।१० गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला जुम्ला तातोपानी गाउपालिका-४ बस्ने लागत नं.४६९ मिति २०८०।०४।२१ गतेको फैसला भएका कुटपिट मुद्दाका फरार प्रतिवादीहरु बर्ष ४८ को दिपक खत्रीलाई लागेको जरिवाना रु. ५,००० (पाँच हजार)ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ४१ को मुन बहादुर खत्रीलाई लागेको जरिवाना रु. ५,००० (पाँच हजार)ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ३७ को महेश खत्रीलाई लागेको जरिवाना रु. ५,००० (पाँच हजार)ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ४५ को धर्मराज खत्रीलाई लागेको जरिवाना रु. ५,००० (पाँच हजार) र ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ४५ को पदम बहादुर खत्रीलाई लागेको रु. ५,००० (पाँच हजार) जरिवाना हुने गरी फैसला भएको जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटि गएको प्रहरी टोलीले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं.०५ कृष्ण मन्दिर स्थित सडक खण्डमा फेला पारी पक्राउ गरी सम्मानित जुम्ला जिल्ला अदालतमा बुझाईएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।