प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०२-२५

  • A
  • A-
  • A+
Share

सुर्खेत

मिति २०८१।०२।२५ गते अन्दाजि १३:३५ बजेको समयमा बिरेन्द्रनगर नगरपालिका ८ बस्ने बर्ष ३१ कि अनिता बि.सी लाई सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नम्बर ३२७३ को बहुबिवाह मुद्दाको ११ महिना ८ दिन कैद र १०,०००।–(दश हजार) जरिवाना तोकिएको फरार प्रतिवादीलाइ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ल्याई सम्मानित सुर्खेत जिल्ला अदालतमा बुझाईएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०५-३१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना प्रहरी चेक पोईन्ट स्थित नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२००१ ख ०७६९ न. को फोर्स गाडीलाई  प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको र  लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले चेक जाँच गर्दा उक्त गाडीमा सवार ऐ.ऐ.९ बस्ने बर्ष २७ को पदम ब.शाहीलाई चेकजाँच गर्दा निजले बोकेको ब्यागमा लुकाई छिपाई राखेको (नाप तौल गर्दा ७ ग्राम ७१० मिलि ग्राम रहेको ) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, नाईट्रोभ्याट १ पत्ता र ट्रामाडोल २ पत्ता बरामद गरी निज पदम ब.शाही लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

नेपाल प्रहरी बिधिबिज्ञानको सई हु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-२५

प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन् । जिल्ला दैलेख गुराँस गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २७ को बिकाश बि.सी. लाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटी गएको प्रहरी टोलीले मिति २०८१।०५।३ गते साँझ १७:३० बजेको समयमा गुराँस गा.पा.वडा नं.६ दैलेखबाट र जिल्ला बाँके राप्तीसोनारी गाउपालिका वडा नं. ७ लालपुर बस्ने बर्ष ३६ को लोक बहादुर खाणलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।१८ गते राती २२:३० बजेको समयमा जिल्ला सुर्खेत लेकबेशी न.पा. वडा नं. २ स्थित दशरथपुरबाट पक्राउ गरेको हो ।   आफुहरु प्रहरीको बिधिबिज्ञानको सई भएको बताउँदै निज हरुले दैलेख, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके लगायत १६ जिल्लाका ब्यक्तिहरुलाई निजहरुको आफन्तको बिभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परिक्षणको क्रममा संकलन भएको स्वाव परिक्षणको परीक्षण प्रतिवेदन चाँडो झिकाई मुद्दा मिलाई मानिस छुटाई दिन्छु भनी आफ्नो नाम पुर्ण बहादुर देउवा/बिनोद खाण बताई ९७६६२०७५९३ नम्बरको मोबाईलबाट निजहरुलाई ठगी गर्ने गरेको पाईएको छ ।   हालसम्मको अनुसन्धानबाट बिभिन्न जिल्लाका १८ जना ब्यक्तिहरुबाट मुद्दा मिलाई दिन्छु भनी नगद रु.५,०६,५३५ (पाँच लाख छ हजार पाच सय पैतीस)  ठगी गरेको खुल्न आएको छ । हाल निज प्रतिबादीहरुलाई सम्मानित दैलेख जिल्ला अदालत, दैलेखबाट म्याद थप अनुमति लिई हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।