प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : हानिकारक हतियार
लागुऔषध, पेस्तोल लगायतका हातहतियार र ओखेटोपहार सहित २ जना मानिस नियन्त्रणमा ।
२०८२-०४-०२

सुर्खेत ,मिती २०८२।०४।०१ गते जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिकाका वडा नं. ८ स्थित वडा एरियामा ठुलो मात्रामा लागुऔषध तथा हतियार रहेको भनि प्राप्त सुचनाको  आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको प्रहरी टोली अन्दाजी २१:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालीका वडा नं ८ कृष्णमन्दिर स्थित ऐ.ऐ. बस्ने वर्ष अन्दाजी २३ को बिधान शाहीको घरमा निज बिधान शाही र ऐ.ऐ.बस्ने बर्ष २२ को  आदित्य घिमिरेलाई शंकास्पद अवस्थामा फेलापारी निज बिधान शाहीको घर कोठाको खानतलासी गर्दा उक्त कोठामा लुकाइ छिपाइ राखेको निम्न सामानहरू बरामद निजहरुलाई समेत पक्राउ गरी थप अनुसन्धान भई रहेको ।   बरामद सामान ·          Type 77 पेस्तोल थान - १ ·          सो पेस्तोलमा लाग्ने म्यग्जिन थान - २ ·          गोली राउण्ड  – १२·          नाईनस्टिक थान - १·          विभिन्न घरेलु हातहतियार तथा खरखजाना थान - ११·          Tramadol जस्तो देखिने प्रति पत्तामा १० Tablet का दरले ८९ पत्ता र १ पत्तामा ९ Tablet गरी  जम्मा - ८९९ वटा Tablet ·          Nitrazepam जस्तो देखिने प्रति पत्तामा १० Tablet का दरले ३६ पत्ता र १ पत्ता मा ९ Tablet गरी  जम्मा - ३६९ वटा Tablet·          Nictor जस्तो देखिने प्रति पत्तामा १० Tablet का दरले ३ पत्ता गरी जम्मा - ३० वटा Tablet·          SPASMO जस्तो देखिने प्रति पत्तामा ८ Tablet का दरले १६ पत्ता गरी  जम्मा - १२८ वटा Tablet ·          वन्यजन्तु जरायोको जस्तो देखिने ओखेटोपहार (सिङ्ग) थान - १

भरुवा बन्दुक सहीत मानिस पक्राउ गरेको सम्बन्धमा ।
२०८१-०३-०७

सल्यान,मिति २०८१।०३।०७ गते अन्दाजि ११:०० बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.०७ सुईयाछेरी बस्ने बर्ष ३५ को शेर बहादुर वलीले भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा निजको घर वतनमा इलाका प्रहरी कार्यालय थारमारे सल्यानबाट प्रहरी टोली खटी गई खानतलासी गर्ने क्रममा निज शेर बहादुर वलीको घरको भान्सा कोठामा लोड गरी राखेको भरुवा बन्दुक नाल -१ र खाली अवस्थामा राखेको भरुवा बन्दुक नाल १ गरी जम्मा नाल २ र अन्य खरखजना सहीत निज शेर बहादुर वलीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय थारमारे सल्यानको नियन्त्रणमा राखी हातहतियार खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भईरहेको ।