प्रहरी कार्यालय
हुम्ला, जिल्ला हुम्ला नाम्खा गाउँपालिका-१ धिकागाउँ बस्ने मिति २०८०/०६/२१ गते बैकिङ कसुर मुद्दाको फरार प्रतिबादी बर्ष अं.३५ को लाप्का छेटुङ्ग भन्ने लाप्का चेतोङ्ग लामालाई प्रहरी चौकी धारापोरी हुम्लाबाट खटिएको ५ जनाको प्रहरी टोलीले निजको ससुराली घरमा लुकिछिपि बसेको अवस्थामा निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय हुम्लाबाट सम्मानित अदालतमा पठाउने कार्य भईरहेको ।
जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका वडा नं.५ बाबियाचौर बजारमा रहेको कबि कमल कृष्ण स-मिलमा वेवारिसे अवस्थामा साल जातको काठ छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, बाबियाचौरबाट खटि गएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त मिलबाट साल जातको १० वटा गोलिया काठ (२९०.९९ क्यु फिट) फेला पारी बरामद गरी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी पन्चपुरी ईलाका बन कार्यालय, सुर्खेतमा आवश्यक कारवाहीको लागि बुझाईएको साथै मिल संचालक फेला नपरेको ।