प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-११-११

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० पदमपुर बस्ने बर्ष २३को बिकाश बि.क.को घरमा निज सुत्ने कोठा रितपुर्वक खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा तौल १३० मिलिग्राम रहेको खैरो धुलो पदार्थ सहित निज बिकाश बि.क.लाई लागूऔषध ब्युरो कर्णाली प्रदेश सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१३

जाजरकोट, मिति २०८१।१०।१२ गते अन्दाजी २०:०० बजेको समयमा जिल्ला जाजरकोट साबिकको रग्दा गा.बि.स.वडा नं.२ हाल नलगार्ड न.पा.९ तात्रा माईती घर बस्ने बर्ष ५४ की पिउसरी बि.क.भन्ने आशा कामी लाई मानब बेचबिखन तथा ओसार-पसार मुद्दामा सम्मानित जिल्ला अदालत जाजरकोटको मिति २०७४।११।२१ गतेको फैसल्ला आदेशले ४ बर्ष कैद सजाय भई भागी फरार रहेकी लगत नं.७५ की निज प्रतिबादी आफ्नै माइती घर वतनमा लुकीछिपी बसेको अबस्थामा इलाका प्रहरी कार्यालय रग्दा जाजरकोटबाट खटिएको प्रहरी टोलीले निज प्रतिबादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई सम्मानित जिल्ला अदालत जाजरकोटमा बुझाइएको ।

फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१३

जुम्ला, मिति २०८१।१०।१३ गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला जुम्ला गुठिचौर गाउपालिका ३ बस्ने ओम बहादुर बुढाको छोरा वर्ष अन्दाजी २१ को डाँका चोरी मुद्दामा सम्मानित जुम्ला जिल्ला अदालत जुम्लाको लागत नं ४९७ मिति २०८०।०८।२४ गतेको फैसलानुसार ३ वर्ष ४ महिना कैद र रु ३३,३३४ जरिवाना तोकिएको फरार प्रतिवादी हिमाल बुढालाई प्रहरी चौकि झारज्वालावाट खटिएको प्रहरी टोलिले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं ५ कृष्ण मन्दिर स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित जुम्ला जिल्ला अदालत बुझाइएको ।