३ जना फरार प्रतिबादी पक्राउ सम्बन्धमा ।
२०८०-१०-०७
- A
- A-
- A+
सम्मानित दैलेख जिल्ला अदालतको लागत नं. १२८२ मिति २०७९।११।१६ गतेको फैसलाले चेक अनादर मुद्धामा जरिवाना रू. २०००।- तोकिएका फरार प्रतिबादी जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं. ०४ बस्ने कपिल खनाल, लागत नं. १२२३ मिति २०७९।०५।१३ गतेको फैसलाले चेक अनादर मुद्धामा जरिवाना रू ५००।– तोकिएका फरार प्रतिबादी जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं.०८ बस्ने हरिष खत्री र लागत नं. ६८८ मिति२०७१।०७।१९ गतेको फैसलाले कुटपिट मुद्धामा जरिवाना रु.१०।- तोकिएका फरार प्रतिबादी जिल्ला सल्यान कुमाख मालिका गाउँ पालिका वडा नं. ०४ बस्ने महेन्द्र नाथ योगि गरि ३ जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट सादा पोसाकमा खटिएका प्रहरी टोलिले निजहरुलाई विभिन्न स्थान बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, दैलेखमा ल्याई सम्मानित जिल्ला अदालत दैलेखमा उपिस्थत गराई आवश्यक कारवाही भएको ।