फरार प्रतिवादी पक्राउ ।
२०८०-०९-१७
- A
- A-
- A+
जुम्ला,
जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ स्थित जिल्ला प्रशासन
कार्यालय जुम्लाको गेट अगाडि रोड सड्क खण्डबाट चोरी मुद्दामा सम्मानित जुम्ला
जिल्ला अदालत जुम्लाको मिति २०८०।०२।२३ गते को फैसला अनुसार ५महिना ९दिन कैद र रु
५,२००।- जरिवाना तोकिएको फरार प्रतिबादी ऐ.ऐ.२ भण्डारीवाडा बस्ने खड्क बहादुर
भण्डारीको छोरा बर्ष अन्दाजी १८ को पंकज भण्डारीलाई जिल्ला प्रहरी कार्यालय
जुम्लाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाँदा फेला पारी प्रक्राउ गरी जिल्ला
प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएकोमा
मिति २०८०।०९।१६ गते जिल्ला अदालत जुम्लाको आदेशले जिल्ला कारागार कार्यालय
जुम्लामा पठाईएको ।