अवैध सामान वरामद ।
२०८०-०७-१८
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-५ बाबियाचौर
स्थित ईलाका प्रहरी कार्यालय बाबियाचौर बाट खटिएको ५ जनाको प्रहरी टोलीले सदरमुकामबाट
बिजौरा तर्फ जादै गरेको क.प्र.०२००१ क.०१०९ नं. को मिनिट्रक लाई चेकजाचँ गर्दा
कुनै पनि बिल नभएको चिनी ८ क्वीन्टल ५० के.जी. अन्दाजी मुल्य रु. १,०५,४००-/ (अक्षरुपी एक लाख पाँच हजार चार सय मात्र
) र सुपर पावर सुर्ती २६२८ पोका अन्दाजी मुल्य रु.३९,४२०-/
(अक्षरुपी उनान्चालिस हजार चार सय बीस मात्र) बराबरको अन्य खुद्रा सामानको मुल्य
नखुलेको मिनिट्रक र चालक जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१ बस्ने बर्ष २३
को जिवन सापकोटा , सामान बिक्रि गर्ने ऐ.ऐ.बस्ने बर्ष २५ को
यामलाल आचार्य र ऐ.ऐ. बस्ने बर्ष १७ को देबराज रावत लाई नियन्त्रणमा राखिएको ।