फरार प्रतिवादी पक्राउ ।
२०८०-०६-२४
- A
- A-
- A+
जाजरकोट, सम्मानित जिल्ला अदालत जाजरकोटको
मिति २०८०।०३।२० गतेको फैसलाले १९ दिन कैद र रु ८३४।- रुपैया जरिवाना भई फरार
रहेको अपराधिक उपद्रव सम्वन्धी कसुरको कैदी जिल्ला जाजरकोट कुशे गाउँपालिका-४ घर
भई हाल भेरी नगरपालिका-४ रानागाँउ बस्ने बर्ष २५ को भरत कुमार बुढालाई जिल्ला
प्रहरी कार्यालय जाजरकोट वाट खटिएको प्रहरी टोलीले ऐ. स्थित भेरीनगरपालिका-४
बसपार्कबाट फेला पारी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई जिल्ला कारागार
कार्यालय जाजरकोटमा बुझाएको ।