फरार प्रतिवादी पक्राउ ।
२०८०-०५-१२
- A
- A-
- A+
रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम
पश्चिमको लगत नम्बर १५२/९१ मा ८ बर्ष ७
महिना कैद सजाय तोकिएका जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ७ साँख बस्ने बर्ष ४२ को हरिश चन्द्र पाण्डे हाल
जिल्ला दाङ घोराही उप-महानगरपालिका १६ लेटार भन्ने स्थानमा लुकीछिपी बस्दै आएको अवस्थामा
निजलाई पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिई गएको
प्रहरीले तालुक जिल्ला प्रहरी कार्यालय घोराही दाङसंग समन्वय गरी पक्राउ गरी सम्मानित
रुकुम पश्चिम जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएकोमा सम्मानित अदालतले
निजलाई आजै कैद भुक्तानिको लागि जिल्ला कारागार कार्यालय रुकुम पश्चिममा पठाएको ।