प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८०-०५-०६

  • A
  • A-
  • A+
Share

सल्यान, सम्मानित जिल्ला अदालत सल्यानको लागत नं १२५५को १ महिना कैद र ५,०००/- ( पाँच हजार ) जरिवाना तोकिएको कुटपिट तथा घरेलु हिंसा मुद्वाको फरार प्रतिवादी जिल्ला सल्यान दार्मा गाउँपालिका-५ बस्ने बर्ष ४०को टेक बहादुर के.सी.लाई मुसिकोट नगरपालिका-१ खलंगा बजार स्थित लुकिछिपि हिडि रहेको अबस्थामा निजलाई फेला पारी पक्राउ गरी सम्मानित रुकुम जिल्ला अदालत पश्चिमा उपस्थित गराई सम्मानित अदालतले निजलाई लागेको जरिवाना असुल गरी  कैद भुक्तानको लागी जिल्ला कारागार रुकुम पश्चिममा पठाईएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।