प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिप दुर्घटना हुदा ५ जनाको मृत्यु ४ जना घाईते ।

२०८०-०४-३०

  • A
  • A-
  • A+
Share

मुगु, जिल्ला मुगु सोरु गाउँपालिका-७ चिप्लेगौडा स्थित सोरुकोट बाट सदरमुकाम गमगढि तर्फ आउदै गरेको ऐ.पिप बस्ने दिनेश बि.क.ले चलाएको ग १ ज ७७६२ नं.को बलेरो जिप सडकबाट अन्दाजी २०० मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त गाडिमा सवार ९ जनामध्ये पाँच जनाको मृत्यु भएको र चार जना घाईते भएको र घाईतेको उपचार भईरहेको ।

निम्न घाइतेहरु:-

१:-जिल्ला मुगु सोरु गाउँपालिका-६ बस्ने बर्ष अन्दाजी २५।२६ को शेर बहादुर रोकायको टाको, हात, खुट्टमा चोट, अवस्था बोल्न सक्ने ।

२:-ऐ.७ बस्ने बर्ष २० को दिनेश लावड (चालक) को  छाति, दाया खुट्टमा चोट ,अवस्था बोल्न सक्ने

३:-ऐ.५ बस्ने बर्ष अन्दाजी ४५ को गोबिन्द शाही दाहिने आखा र खुट्टामा चोट, अवस्था बोल्न सक्ने

 ४:-जिल्ला हुम्ला अदान्चुली गाउँपालिका-२ श्रीनगर बस्ने बर्ष अन्दाजी २२ को उजिर बोहरा कम्मर र आखामा चोट ,अवस्था बोल्न सक्ने

मृतकको नामावली 

१) जिल्ला हुम्ला सर्केगाड गाउँपालिका-२ रिपगाँउ बस्ने बर्ष २२ को राम परियार घटना स्थलमा मृत्यु भएको लाश मुगु सिप स्वास्थ्य चौकीमा राखिएको

 २) जिल्ला हुम्ला सिमिकोट गाउँपालिका-२ ठेह बस्ने बर्ष अन्दाजी २०/२२ को प्रकाश बोहोरा सिप स्वास्थ्य चौकीमा मृत्यु भएको लाश सोही स्थानमा रहेको

३) ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २० को राम परियार सिप स्वास्थ्य चौकीमा मृत्यु भएको लाश सिप स्वास्थ्य चौकी मा रहेको

 ४) जिल्ला हुम्ला खापुनाथ गाउँपालिका प्युस बस्ने बर्ष २०/२२को मिन परियार घटना स्थलमा मृत्यु लाश सिप स्वास्थ्य चौकीमा राखिएको

५) सोरु गाउँपालिका-५ बस्ने बर्ष ३७ को लोकजंग नेपाली जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु लाश जिल्ला अस्पतालको शब गृहमा राखिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।