प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

सल्यान, जिल्ला अदालत सल्यानबाट निम्न मुद्धामा जरिवाना तोकी फरार रहेका निम्न प्रतिवादीहरुलाई घरमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ३ जनाको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यालनमा ल्याई राखेको आवश्यक कारवाहीको लागी जिल्ला अदालत सल्यानमा लैजाने पहल भईरहेको ।

निम्न:-                                                                                

१) अभद्र व्यबहार मुद्धामा ५ हजार जरिवाना तोकिएको जिल्ला सल्यान शारदा नगरपालिका-१५ बस्ने वर्ष २१/२२ को करन वादी ।

२) लुटपाट मुद्धाको फरार प्रतिवादी ऐ.ऐ.५ बस्ने वर्ष ३५/३६ को राजेन्द्र बहादुर महतरा 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।