प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना सम्बन्धी ।

२०८०-०३-२४

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ शंकर चोक स्थित शंकर चोक देखि धमला चोक तर्फ जादै गरेको क.प्र.०२००१ ह ०४४४ नं. को अटो र इत्राम पुल देखि शिवालय चोक तर्फ आउदै गरेको क.प्र. ०२००१ प ८१३४ न.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भई अस्पताल तर्फ पठाईएको उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ४ जनाको प्रहरी टोली खटिएको, मोटरसाईकल र अटो ट्राफिकको नियन्त्रणमा रहेको,

१) मोटरसाईकल चालक जिल्ला सुर्खेत वी.न.पा. १३ बस्ने बर्ष अ.३५ को गेसराम मगर हातमा चोट माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, अवस्था सामान्य ।

२) मोटरसाईकल पछाडी सवार जिल्ला दैलेख महाबु गाउँपालिका-६ बस्ने बर्ष अ.५६ को पोष्ट बहादुर दर्लामी भित्रि चोट कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको बोल्न सक्ने ।

३) अटो चालक जिल्ला सुर्खेत वी.न.पा. ८ बस्ने बर्ष अ.२३/२४ को मान सिँह नेपाली हातमा चोट,सामान्य ।

४) अटोमा सवार जिल्ला सुर्खेत वी.न.पा १२ बस्ने बर्ष अ.२३/२४ कि सिता बि.क.भित्रि चोट, बोल्न सक्ने साथमा ७/८ महिनाको बच्चा समेत रहेको बच्चालाई सामान्य भित्रि चोट, कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।