प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८०-०३-२०

  • A
  • A-
  • A+
Share

रूकुम पश्चिम, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट  खटिएको प्रहरी टोलिले ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिबादी जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.१०२५ मा १० हजार जरिवाना र ११ महिना कैद तोकिएका जिल्ला रुकुम पश्चिम त्रिवेणी गाउँपालिका  वडा नं. ४ खुम्चेरी बस्ने बर्ष २७ को बिक्रम बाठामगर लाई मुसिकोट नगरपालिका-१ खलंगा बजारमा लुकी छिपि बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा  ल्याई कैद सजाय र जरिवाना असुल उपरको लागी सम्मानित जिल्ला अदालत रुकुम पश्विममा पठाईएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।