सवारी दुर्घटना सम्बन्धी ।
२०८०-०२-१४
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर
नगरपालिका-१० बुलबुले स्थित तिनकुनेचोकबाट मंगलगढिचोक तर्फ आउदै गरेको क.प्र.
०२००१ज.०५७३ नं.को जिपमा सोही दिशाबाट आउदै गरेको क.प्र. ०२००१प. ७८७४ नं. को
मो.सा. ठोकिन जादा मो. सा. चालक जिल्ला हुम्ला ताजाकोट गा.पा. १ घर भई जिल्ला
सुर्खेत बि.न.पा. १२ पिपिरा स्थित कोठा भाडामा लिई बस्ने बर्ष अ.३४/३५ को अकबिर
खड्काको निधारमा चोट लागी घाईते भई माया नर्सिङ्ग होम सुर्खेतमा सामान्य उपचार
पश्चात थप उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाएको र कर्णाली
प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको, जिप र जिप चालक
प्रहरी नियन्त्रणमा ।