जिप दुर्घटना सम्बन्धी।
२०८०-०२-११
- A
- A-
- A+
मिति २०८०।०२।११ गते अं.०७:३० बजेको समयमा जिल्ला रुकुम
पश्चिम बाँफिकोट गा.पा.वडा नं.८ दुली दुधार स्थित भित्री सडक खण्डमा दुलीबाट
खलङ्गा तर्फ आउदै गरेको लु १ ज १७४७ नं.को मान्छे बोक्ने जिप अनियन्त्रित भई बाटो
देखि अन्दाजी ४००/५०० मिटर तल खसी जिप दुर्घटना भएको भन्ने जानकारी प्राप्त हुन
साथ प्रहरी टोली घट्नास्थलमा पुगि उद्दार गरि जिल्ला अस्पताल सल्लेमा पठाएकोमा
अस्पतालले ५ जनाको मृत्यू घोषणा, ६ जना थप उपचारको लागी कोहलपुर शिक्षण अस्पतालमा
पठाईएको , २ जना जिल्ला अस्पताल सल्लेमा
उपचार भईरहेको र २ जना जिल्ला अस्पताल सल्लेबाट डिस्चार्ज गरिएको ।
जिल्ला अस्पताल सल्ले चेक जाच गर्दा १३:५० बजे
मृत्यु घोषण गरेको विवरण :
(१) जिल्ला रुकुम पश्चि सानीभेरी गा.पा.५ बस्ने बर्ष ७० को
कर्ण बाठा मगर ।
(२) ऐ.सानिभेरी ५ बस्ने बर्ष ४८ को देउचन खत्री ।
(३) ऐ.ऐ.बाँफिकोट गा.पा.८ बस्ने बर्ष २२ की रेखा खनाल के.सी. ।
(४) ऐ.ऐ. बस्ने बर्ष २२ की रेखा खनाल के.सी.को २२ दिने
बच्चा रोशन के.सी.।
(५) ऐ.सानिभेरी ५ बस्ने बर्ष २३ को सितला कुसारी ।
कोहलपुर शिक्षण अस्पताल बाँकेमा उपचाररत
घाईतेहरुको विवरण:-
१)
जिल्ला रुकुम पश्चिम सानीभेरी ५ बस्ने बर्ष २३ को सितला कुसारीको छोरा बर्ष २
को प्रशिद्ध कुसारी ।
२) ऐ.ऐ.बस्ने बर्ष २० की अनिता के.सि.।
३) ऐ.ऐ.बस्ने बर्ष २२ को ललित बाठा मगर ।
४)
ऐ.ऐ. बस्ने
बर्ष ४० को प्रेम बाठा मगर ।
जिल्ला अस्पताल सल्ले बाट कोहलपुर शिक्षण
अस्पताल बाँकेमा रिफर गरिएको घाइतेहरुको विवरण:-
१. १. ऐ.ऐ.बर्ष १७ की रिता खत्री ।
२.
ऐ.
सानिभेरी गा.पा.५ बस्ने ३५ को दिपक बाठा मगर खुट्टा ।
जिल्ला अस्पताल सल्लेमा उपचाररत घाईतेको विवरण:-
१)
ऐ.ऐ.बस्ने बर्ष १७ की मनिषा बस्नेत ।
२)
ऐ.ऐ.बस्ने बर्ष २१ की कल्पना के.सि ।
जिल्ला अस्पताल सल्लेमा उपचार पश्चात
डिस्चार्ज गरिएको विवरण :-
१) ऐ.ऐ.सानीभेरी गा.पा.५ बस्ने बर्ष ४६ को कर्णबिर पुन ।
२) ऐ.ऐ.बस्ने बर्ष ४६ को गम्भिर कुसारी ।