प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामुदायिक बनमा आगलागि हुँदा मानिस जली घाईते ।

२०८०-०१-२७

  • A
  • A-
  • A+
Share

मिति २०८०।०१।२७ गते अ.१४;४५ बजेको समयमा जिल्ला दैलेख आठबिष नगरपालिका वडा नं. ८ खिड्की ज्युला स्थित भाता सामुदायिक बनमा आगलागि भएको भनि स्थानियले जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि खटिगई ऐ.१५;३० बजे उक्त आगलागि भएको स्थानमा प्रहरी टोलि पुग्दा प्रधान मन्त्रि रोजगार कार्यक्रम अन्तरगत सडकमा काम गरिरहेका मानिसहरु आगलागिमा परी ११ जना घाईते भई निजहरुको उद्दार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र राकम कर्णालीमा उपचार भईरहेको  ।

1=  जिल्ला दैलेख आठबिष नगरपालिका वडा नं. ६ बस्ने बर्ष अ.२० की जौकला बि.क. अवस्था सिरियस ।

2=  ऐ.ऐ.बस्ने बर्ष अ.३२ को नबिन बि.क.सिरियस ।

3=  ऐ.ऐ.बस्ने बर्ष अ.५० को मोते बि.क.सिरियस ।

4=  ऐ.ऐ.बस्ने बर्ष अ.३३ को भैरे बि.क.

5=  ऐ.ऐ. बस्ने बर्ष अ.४० की मैना बि.क.

6=  ऐ.ऐ.बस्ने बर्ष अ.३३ को प्रज बि.क.

7=  ऐ.ऐ.बस्ने बर्ष अ.२०को छत्र बि.क. ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।