प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुनैपनि बिल नभएको अवैध सामान बरामद ।

२०८०-०१-१५

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत सिम्ता गाँउपालिका वडा नं.६ राकम स्थित प्रहरी चेक पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगंज देखी जाजरकोट तर्फ जाँदै गरेको भे १ख ४०३५ नं.को SML गाडी लाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको निम्न सामानहरु बरामद गरी ईलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतको नियन्त्रणमा  लिई प्रहरीको जिम्मा लगाई उक्त सामानहरु भन्सार कार्यालय नेपालगंज बाँके तर्फ पठाईएको ,गाडी गन्तव्य तर्फ पठाईएको , निम्न सामानहरू:-

१) पाल्की चामल ११ बोरा अन्दाजी रु २०,९००/-

२) स्टार चामल ९ बोरा – अन्दाजी  रु १७,०१०/-

३) चिनी २५० के.जी. - अन्दाजी रु १७,५००/-

४) ड्यु र फेन्टा १२ बोतल - अन्दाजी रु १,८०० /

 ५) सुपर पावर सुर्ती ११६ पोका - अन्दाजी रु १५,०८०/-

६) पापड १ बोरा ( २० के.जी.) –अन्दाजी रु १०००/-

अन्दाजी जम्मा रु -७३,२९० ( त्रिहत्तर हजार दुई सय नब्बे मात्र ) बराबरको सामान बरामद गरेको हो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।