कुनैपनि बिल नभएको अवैध सामान बरामद ।
२०८०-०१-१३
- A
- A-
- A+
सुर्खेत, जिल्ला
सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित खटिएको ८ जनाको प्रहरी टोलीले
नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको बा ४ ख ४५८२ नं.को हाईस र भे १ ज ९९० नं.को
फोर्स गाडी लाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको निम्न सामानहरु बरामद गरी
ईलाका प्रहरी कार्यालय छिन्चु मा ल्याई
राखिएको, गाडी गन्तव्य तर्फ पठाईएको,
बरामद गरेका
निम्न सामानहरु :-
१) कुर्ता
सुरुवाल- ४९ जोर अं.मुल्य रु - ७३,५००
२) तन्ना – ९ पिस अं. मुल्य रु -१०,८००
३)चिनी – २७५ के.जी. – अं. मुल्य रु- २७,५००
४) सुपर
पावर सुर्ती -२४५ पोका – अं.
मुल्य रु- ६६,१५० जम्मा रु -१,७७,९५० ( एक लाख सतहत्तर हजार नौ सय पचास ) उक्त बरामद
भएको २४५ पोका सुपर पावर सुर्ती प्रहरीको जिम्मा लगाई राजश्व कार्यालय सुर्खेत
तर्फ पठाईएको र अन्य सामानहरुलाई भन्सार कार्यालय बाँके तर्फ पठाउने पहल भईरहेको
।