प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी सम्बन्धी फरार प्रतिवादी पक्राउ ।

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लागत नं. १७२८ जबरजस्तिकरणी मुद्धाको १२ बर्ष कैद र रु. ६,५१८/- (अक्षेरुपी रु. छ हजार पाँच सय अठार मात्र ) जरिवाना तोकिएको फरार प्रतिवादि जिल्ला सुर्खेत चौकुने गाउँपालिका-१० घाटगाउँ बस्ने बर्ष अं. ४०/४१ को जय बहादुर कामीलाई सादा पोसाक सहित प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलिले निजको घर बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।