रुकुम पश्चिममा मृत अवस्थामा लास फेला ।
२०७९-१२-०७
- A
- A-
- A+
रुकुम, जिल्ला
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं:३ छेडा बस्ने लोक बहादुर खत्री मिति
२०७९।१२।०१ गतेका दिन गाई भैसीलाई घाँस काट्न जान्छु भनि बिहान ०८:०० बजेको समयमा
घर बाट निस्केको र आफन्त गाउँ समाज लगाएत आफन्तजनहरुलाई समेत टेलीफोन गर्दा समेत
सम्पर्कमा नआएको हुदाँ निज ब्यक्तिको खोज तलास गरी पाँउ भनी निजको भाई नाता पर्ने डिल्ली
बहादुर खत्रीले मिति २०७९।११।०२ गते प्रहरी चौकी सोलबाङमा लिखित निबेदन पेश गरेको
हुँदा मिति २०७९।१२।०७ गते १४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका
कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल
प्रहरीको कुकुरको सहायताबाट खोजतलास गर्दै जाने क्रममा मुसिकोट ननगरपालिका-३ छेडा
देखि माछमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने स्थानमा सडक देखि ५०/६० मिटर तल
माटोमा मृत अवस्थामा फेला परेको ।