प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैङ्किङ कसुरको फरार प्रतिवादि पक्राउ

२०७९-११-३०

  • A
  • A-
  • A+
Share

जाजरकोट,

मिति २०७९।११।३० गते १२:३० बजेको समयमा जिल्ला जाजरकोट कुशे गाँउपालिका वडा न.८ बस्ने बर्ष ३६ को निरञ्जन रोकाय भएको बैङ्किङ कसुर सम्बन्धि मुद्दामा वारदात मिति देखि फरार रहेककोमा सम्मानित उच्च अदालत पाटन ललितपुर बाट मिति २०७९।१०।२४ गते पक्राउ अनुमति जारी भई आएकोमा  मिति २०७९।११।२९ गते १५:३० बजेको समयमा जिल्ला जाजरकोट भेरी नगरपालिका वडा न.४ गैरिखाली स्थित बाटोमा हिडिरहेको अवाथामा फेला पारी ३ जनाको प्रहरी टोलीले रितपुर्बक दाखीला गरी निजलाई जिल्ला प्रहरी परिसर टेकु लैजादै ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।