फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-१७
- A
- A-
- A+
सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.९९५ मा ९६,९४५।-(अक्षेरुपी
छयानब्बे हजार नौ सय पैंतालिस) ९९७ मा ४३,४३२.५०।-(अक्षेरुपी त्रिचालिस हजार चार सय
बत्तिस रुपैंया पचास पैंसा) र ९९८ मा २६,९३५।-(अक्षेरुपी छब्बिस बजार नौ सय पैंतिस)
गरी जम्मा १,६७,३१२.५०।-(अक्षेरुपी एक लाख सरसठ्ठी हजार तीन
सय बाह्र रुपैंया पचास पैंसा जरीवाना तोकिएका नकबजनी चोरी मुद्दाका (फरार प्रतिवादी)
रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं.७ बस्ने नरदल बुढाको छोरा बर्ष २५ को महेश
बुढालाई जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमबाट सादा पोशाकमा खटिएको प्रहरी
टोलीले खोज तलास गर्ने क्रममा निजलाई निजकै घरमा फेला पारी पक्राउ गरी यस
कार्यालयमा ल्याई राखिएको र सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पेश
गर्ने कार्य भई रहेको छ ।