फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-०४
- A
- A-
- A+
रुकुम पश्चिम, सम्मानित जिल्ला अदालत
रुकुम पश्चिमबाट फैसला भई जरीवाना तोकिएको लागत असुल गर्नुपर्ने बहुबिबाह मुद्दाको
फरार प्रतिबादी फैसला मिति २०७३।१२।१० गते लगत नं.९२६ मा १०,०००
रूपैयाँ जरीवाना र एक बर्ष कैद सजाय तोकिएका जिल्ला रुकुम आठबिसकोट नगरपालिका-१२
बस्ने बर्ष ३५ को शुसिल डाँगीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट सादा
पोशाकमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलिले रुकुम पश्चिम मुसिकोट नगरपालिका-१
खलङ्गा बजारबाट फेला पारी पक्राउ गरी सम्मानित रुकुम जिल्ला अदालत रुकुम पश्चिममा
पठाई सम्मानित जिल्ला अदालतबाट थुनामा राख्न आदेश भएकोले कारागार रुकुम पश्चिममा
पठाईएको छ ।