प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

जाजरकोट, सम्मानित जिल्ला अदालत जाजरकोटको आदेशले चेक अनादर मुद्दाका फरार प्रतिवादी  जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ०८ स्थायी वतन भएका धन बहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा मिति २०७९।११।०१ गते फेला पारी रितपुर्वक पक्राउ गरी यस कार्यालयमा दाखिला गरेकोमा निजलाई मिति २०७९।११।०२ गते सम्मानित जाजरकोट जिल्ला अदालत पठाईएकोमा सम्मानित जाजरकोट जिल्ला अदालतबाट कारागार चलान भएको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।