प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सडकको अवस्था बारे जानकारी प्रदान गर्न टोल फ्री नम्बर १०३ संचालनमा ल्याईएको ।

२०७९-१०-२१

  • A
  • A-
  • A+
Share

नेपाल  प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशको सडकको अवस्था बारे जानकारी दिने  टोल फ्री नं. १०३ संचालनमा ल्याईएको छ  ।

मिति २०७९।१०।२० गतेबाट कर्णाली प्रदेश १० (दश) जिल्लाहरुमा सडक अवरोध, चक्काजाम, बैकल्पिक रुटको प्रयोग लगायत ट्राफिक गतिविधि सम्बन्धि अन्य सूचना आदान प्रदानको लागि टोल फ्रि नम्बर १०३ संचालनमा ल्याईएको छ । सडक सुरक्षा थप प्रभावकारी बनाउन उक्त टोल फ्री १०३ नम्बर २४ (चौविसै) घण्टा उपलव्ध हुनका साथै पुर्णरुपमा नि:शुल्क रहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।