प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

माटोको ढिस्काले पुरीएर घाईते।

२०७९-१०-१९

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।१८ गते अन्दाजी १५:५५ बजेको समयमा जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका  वडा नं. ०३ बस्ने बर्ष अन्दाजी २७/२८को चन्द्ररुप धरला आफ्नै घरको छतमा हाल्ने माटो घर देखि अन्दाजी २०० मिटर पश्चिम तर्फ रहेको माटोको ढिस्कोमा खन्ने क्रममा माटोको ढिस्को एक्कासी माथिबाट खस्न गई माटोले पुरिएर घाईते भएको जानकारी पश्चात  उद्दारका लागी ५ जना प्रहरीको टोली खटी गई तत्काल उद्धार गरी उपचारको लागी सोहि नगरपालिकाको एम्बुलेन्स द्धारा जिल्ला अस्पताल दुनै डोल्पा तर्फ पठाईएको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटना सम्बन्धी ।
२०८२-०४-२३

कालिकोट,मिति २०८२/०४/२३ गते अन्दाजि ०८:३० बजेको समयमा जिल्ला कालीकोट खाँडाचक्र नगरपालिका १० गोलुवा स्थित जुम्ला सुर्खेत सडक खण्डमा जुम्ला बाट सुर्खेत तर्फ आउदै  गरेको क.प्र. ०२००१ ख ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकभन्दा अन्दाजि १०० मिटर तल खस्न गई उक्त फोर्समा चालक सहित ७ जना सवारहरू घाईते भएको र घाईतेहरुलाई जिल्ला अस्पताल मान्म कालीकोटमा ल्याई उपचार भईरहेको ।निम्न: १)    चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ बस्ने बर्ष अन्दाजि ३० को लाल ब. बस्नेत को टाउको, निधारमा चोट अबस्था मध्यम ।२)     सहचालक जिल्ला कालीकोट सुभकालिका गाउँपालिका २ बस्ने बर्ष अन्दाजि २१ को प्रकाश शाहीको बाँया आँखा माथि चोट सामान्य ।३)    जिल्ला जुम्ला हिमा गाउँपालिका १ देहारगाँउ बस्ने बर्ष अन्दाजि २८ को रबिन परियारको बाहिरी चोट नदेखिएको अबस्था मध्यम ।४)    ऐ.ऐ. बस्ने बर्ष अन्दाजि १६ की अबिगेल परियारको निधारमा चोट अबस्था मध्यम ।५)    जिल्ला जुम्ला हिमा गाउँपालिका १ देहारगाँउ बस्ने बर्ष अन्दाजि २५ की गंगा परियारको टाउको,निधारमा चोट अबस्था मध्यम ।६)    जिल्ला जुम्ला हिमा गाउँपालिका १ देहारगाँउ बस्ने बर्ष अन्दाजि २८ को रबिन परियारको छोरा बर्ष अन्दाजि ५ को सुमन परियारको बाँया कोखामा चोट सामान्य । ७)    जिल्ला कालीकोट  तिलागुफा नगरपालिका ६ बस्ने बर्ष २० को प्रकाश शाहीको दुबै खुट्टा भाचिएको अबस्था सिरियस ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०४-२०

रुकुम पश्चिम, मिति २०८२।०४।१९ गते अन्दाजी २२:५० बजेको समयमा जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ३  पिपलनेटा स्थित मध्य पहाडी राजमार्गमा खलंगा देखि माझमी तर्फ जादै गरेको रा २ प ६०२८ नं.को मोटरसाइकललाई प्रहरी बिट पिपलनेटा र जिल्ला प्रहरी कार्यालय,रूकुम पश्चिमबाट खटिएको  संयुक्त प्रहरी टोलिले संका लागी चेकजाँच गर्ने क्रममा चालक ऐ.ऐ. बस्ने बर्ष अन्दाजी वर्ष २२ को युबराज बि.क.को साथबाट लागु औषध (ब्राउन सुगर )जस्तो देखिने खैरो रङको धुलो पदार्थ नापतौल गर्दा शुद्ध तौल १.४९ ग्राम सहित निजलाई नियन्त्रणमा आवश्यक अनुसन्धान कार्य भैइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०४-२०

सुर्खेत, मिति २०८२।०३।१९ गते अन्दाजी १६:४० बजेको समयमा जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं.१० बडीपाटी स्थित लागुऔषध नियन्त्रण शाखा कार्यालय, सुर्खेत र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं.१० बडीपाटी स्थित आफन्त घरमा बसेका जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने बर्ष २१ को नबिन रावल र जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं.१० बडीपाटी बस्ने बर्ष २५ को रुपेश भण्डारीको साथबाट नापतौल गर्दा शुद्ध तौल १ ग्राम १४० मिलि ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निज दुई जनालाई नियन्त्रणमा आवश्यक अनुसन्धान कार्य भैइरहेको ।

१५ बर्ष कैद र रु. ५,००,०००।– जरिवाना तोकेको लागुऔषध (ब्राउन सुगर) मुद्दाको फरार प्रतिबादी पक्राउ ।
२०८२-०४-१२

सुर्खेत ,मिति २०८२।०४।१२ गते अन्दाजि ११:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ नगरपालिकाको कार्यालय नजिक बाट कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सम्मानित उच्च अदालत तुल्सिपुर, दाङको मिति २०८०।०३।०५ गतेको फैसला आदेशले १५ बर्ष कैद र रु. ५,००,०००।– (पाँच लाख मात्र) जरिवाना तोकेको लागुऔषध (ब्राउन सुगर) मुद्दाको फरार प्रदिबादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४२ को लक्ष्माण सापकोटालाई पक्राउ गरि उल्लेखित कैद र जरिवाना असुल उपरको लागी जिल्ला प्रहरी कार्यालय, सुर्खेत मार्फत सम्मानित सुर्खेत जिल्ला अदालत, सुर्खेतमा बुझाइएको ।