२० बर्ष कैद सजाय भएको कर्तव्य ज्यान मुद्धाको फरार अभियुक्त १४ बर्षमा पक्राउ ।
२०७९-१०-१८
- A
- A-
- A+
जिल्ला प्रहरी कार्यालय रुकुम
पश्चिमबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा मिति २०७९/१०/१७ गतेका दिन
दिउसो अन्दाजी १६:०० बजेको समयमा ज्यान सम्बन्धी कसूर कर्तब्य ज्यान मुद्दामा २०
बर्ष कैद सजाय तोकिएको मिति २०६५।४।१६ गते देखी फरार रहेको जिल्ला रुकुम पश्चिम
मुसिकोट नगरपालिका वडा नं. १ बस्ने प्रताप खत्रीको छोरा बर्ष ३१ को अगविर खत्री
भन्ने अतिराम खत्रीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी मिति २०७९।१०।१८ गते
सम्मानित रुकुम जिल्ल अदालतमा उपस्थित गराएको
।