प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेन्डिङ मुद्धाका फरार प्रतिवादी नियन्त्रणमा

२०७९-१०-१७

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।१७ गते अन्दाजी १६:०० बजेको समयमा जिल्ला सुर्खेत सिम्ता गाउपालिका ५ आली स्थित ७ जनाको प्रहरी टोलिले पेन्डिङ्ग मुद्धाका फरार प्रतिवादी ज्यान सम्बन्धी कसुर ( विष सेवन बाट कर्तब्यमा परिबर्तन) भएका जिल्ला सुर्खेत सिम्ता गाउपालिका वडा नं ५ बस्ने वर्ष ४२ की टिका कुमारी चन्द घर्ती , वडा नं ४ बस्ने वर्ष ४९ को शिव बहादुर घर्ती र सोहि ठाउ वस्ने बर्ष ६० को बल बहादुर घर्ती , वर्ष ५२ की बाल कुमारी घर्ती लाई पक्राउ गरी यस कार्यालय मा ल्याई तालुक ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत पठाईएको छ।  

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।