प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध गर्वपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-१०-१६

  • A
  • A-
  • A+
Share

सम्मानित जिल्ला अदालत जुम्लाको मिति २०७४।०२।१४ गतेको फैसला आदेशले अवैध गर्भ पतन मुद्दाका फरार प्रतिवादी जिल्ला जुम्ला चन्दननाथ नगरपालिका ५ बस्ने वर्ष ३१ को बिकाश सुनारलाई रु.२५०।– (दुई सय पचास) जरिवाना र १ वर्ष कैद सजाय भई फरार रहेका निज प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय, जुम्लाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१६ गते जुम्ला बजारबाट पक्राउ गरी सम्मानित जुम्ला जिल्ला अदालत जुम्लामा पेश गर्ने कार्य भई रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।