फरार प्रतिबादी पक्राउ ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९/१०/१५ गते
अंन्दाजी ०७:०० बजेको समयमा जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं. ९ बस्ने
बर्ष ७१ को कालि बहादुर महतारा भएको जबरजस्ती करणी मुद्दामा उच्च अदालत सुर्खेतबाट
मिति २०७९/०४/३० गते निज प्रतिबादी काली बहादुर महतारालाई ९ बर्ष कैद र रु.५०,००० (पचास हजार) जरीबाना हुने सजाय भएको र निज प्रतिबादी मिति २०७७/०६/१४
गतेदेखी मिति २०७८/०३/२७ गते सम्म न्यायीक हिरासत बसेको र बाँकी कैद ८ बर्ष २
महिना १७ दिन र ५०,००० (पचास हजार) जरीवाना बाँकी रही निजको
नाममा लगत रहेको र निजको कैद तथा जरीवाना बेरुजु गरी फरार रहेको र निज प्रतिवादी
लुकिछिपि आफ्नै घरमा बसेको अवस्थामा प्रहरी चौकी सक्ला बाट ५ जनाको टोलिले पक्राउ गरी निज
प्रतिवादिलाई जिल्ला प्रहरी कार्याल जाजरकोटमा ल्याई सम्मानित जिल्ला अदालतमा पेश
गरीएको छ
।