प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पुलबाट खस्न गई बालिका घाईते ।

२०७९-१०-०३

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।०३ गते ०९:३० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका १ नौले घर भई हाल जिल्ला दैलेख आठबिष नगरपालिका वडा नं. १ रामाघाट बजार स्थित माईति घरमा गएको अवस्थामा दिपा खड्काको छोरी १६ महिनाकी प्रन्जलि खड्का घर नजिकै रहेको रामाघाट पुलमा खेलिरहेको अवस्थामा एक्कासी पुलको छेउ बाट खस्न गई निजको मुख र टाउकोमा चोट लागि स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि सुर्खेतमा ल्याई उपचार भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।