जीप दुर्घटना हुँदा १ जना घटनास्थलमा नै मृत्यु १५ जना घाईते ।
२०७९-१०-०२
- A
- A-
- A+
मिति २०७९।१०।०२ गते १६:०० बजेको जिल्ला जुम्ला पातारासी गाउपालिका
वडा नं. ६ कोट भिर भन्ने स्थानमा सदरमुकाम देखि ऐ.४ लाछी बजार तर्फ जादै गरेको ग १
ज ४०३५ नं. जिप ब्याक गर्ने क्रममा सडक बाट अं. ५० मिटर तल तिला नदीको किनारमा
खस्न गई दुर्घटना हुँदा उक्त जिपमा सवार
मानिसहरु घाईते भई उपचारको लागि एम्बुलेसनद्धारा कर्णाली स्वास्थ्य विज्ञान
प्रतिष्ठान जुम्लामा उपचार भईरहेको । प्रहरी टोली खटि गएको ऐ. पातारासी गाउपालिका
वडा नं. १ खालढिक वस्ने वर्ष अं. ४२ कि छोदेन लामाको घटनास्थमा नै मृत्यु भएको ।
घट्ना स्थलको कार्य
पुरागरी लास पोष्टमार्टमको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याई
राखिएको । उक्त जिपमा सवार घाईतेको नामावली विवरण :-
1= जिल्ला जुम्ला पातारासी गाउपालिका वडा नं. १ बस्ने
बर्ष ७७ को कार्मा लामा टाउँकोमा चोट सिरियस ।
2= ऐ.ऐ.बस्ने बर्ष १८ सोनाम लामा सामान्य ।
3= ऐ.ऐ.बस्ने बर्ष ८ कि पेमाटोमा लामा टाउँकोमा चोट
अवस्था सिरियस ।
4= ऐ.ऐ.बस्ने बर्ष बर्ष २३ को मिनासाङ्वो लामा
सामान्य।
5= ऐ.ऐ.बस्ने बर्ष २४ को पाल्जोक लामा सामान्य ।
6= ऐ.ऐ.बस्ने बर्ष २८ को छिरिङ प्रतिक लामा सरिर
कोतरियको सामान्य ।
7= ऐ.ऐ.बस्ने बर्ष १८ को कुसाङ छिरिङ लामा सामान्य ।
8= ऐ.ऐ.बस्ने बर्ष २८ को घिसिङ आङरास लामा सामान्य ।
9= ऐ.ऐ.बस्ने बर्ष २७ कि छिरिङ पुटिङ लामा सामान्य ।
10= ऐ.ऐ.बस्ने नर्ष ४३ को टोजिङ लामा सामान्य ।
11= ऐ.ऐ.बस्ने बर्ष २८ को उर्गेन लामा सामान्य ।
12= ऐ.ऐ.बस्ने बर्ष १९ पेमा कासाङ तामाङ सामान्य ।
13= ऐ.ऐ.बस्ने बर्ष १३ को उर्गेन लामा सामान्य ।
14= ऐ.ऐ.बस्ने बर्ष १२ को रिजन लामा सामान्य ।
15= ऐ.ऐ.बस्ने
बर्ष ६३ कि मेनजाम लामा सामान्य ।
16= ऐ.तिला गाउपालिका वडा नं. ४ वस्ने वर्ष २३/२४ को लोकेन्द्र
चौलागाई (चालक फरार)