बलेरो जीप अनियन्त्रित भई पल्टिन जाँदा चालक घाईते ।
२०७९-१०-०१
- A
- A-
- A+
मिति २०७९।१०।०१ गते
अं. ०५:३० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ स्थित हर्रे
देखी अं. ३ कि.मि. बबई तर्फ रत्न राजमार्गमा नेपालगञ्ज देखी छिन्चु तर्फ तरकारी (
टमाटर,प्याज, आलु ) बोकी आउँदै गरेको भे.१ च. ३२०९ नं. को
सिङ्गल क्याप बोलेरो जीप आफै अनियन्त्रीत भई रोड बाट अं. ५/६ मिटर वाँया साईड बाट
तल खस्न गएको छ भनी ऐ. ०६:०० बजे यस पोष्टमा जानकारी हुनसाथ उक्त प्रहरी टोली खटि
गई हेर्दा जीप चालक ( साहु) जिल्ला सुर्खेत गुर्भाकोट न.पा. ९ बस्ने बर्ष अं.
२७/२८ को हेमराज खड्काको दुबै खुट्टमा चोट अबस्था बोल्न सक्ने घाईतेलाई उपचारको
लागी कोहलपुर मेडिकल कलेज तर्फ पठाईएको, उक्त जीपको सहचालक
ऐ.ऐ. ९ बस्ने बर्ष २५/२६ को महेन्द्र खड्का सकुशल रहेको ।