प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बन अतिक्रमण गरी बनाईएका घर टहराहरु भट्काउने कार्य सुरु गरिएको ।

२०७९-०९-१५

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।१४ गते अं.१२:०० बजेको समयमा जिल्ला सुर्खेत चौकुने गाउँपालिका वडा नं. ९ सुनाकाँडा भन्ने स्थानमा ऐ.का.बासिन्दाहरुले बन अतिक्रमण गरी टहराहरु बनाएको छ भन्ने यस. का. जानकारी हुन साथ प्रहरी र बन डिभिजन कार्यालय बाबियाचौर सुर्खेत बाट डि.एफ.ओ.बसन्त बहादुर श्रेष्ठको कमाण्डमा २५ जनाको टोली खटिगई टहरा भत्काउने कार्य शुरु भएको अं.४०/४५ टहरा रहेको,उक्त टहरामा कोही पनि बसोबास नगर्ने जग्गा मात्र ओगटना खोजेको उक्त स्थान । ऐ.१५:४५ बजेको समयमा ५६ वटा टहरा हटाएई समाप्त भएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।