जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु ।
२०७९-०४-२९
- A
- A-
- A+
मिति २०७९।०४।२९ गते अं.०८:०० बजेको समयमा जिल्ला
सुर्खेत भेरिगंगा नगरपालिका ५ गेरवानी राम बहादुर चन्द र कबि वली आफ्नो घर देखि
३००/४०० मिटर पुर्ब तर्फ बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर यरिया
(जङ्गलमा) घाँस काटन गएकोमा अबेर सम्म नफर्किएको भनी आफन्तहरुले १६:२० बजेको समयमा
यस अस्थाई प्रहरी पोष्ट बबईमा खबर गरे पश्चात तत्काल प्रहरी टोली , बर्दिया राष्ट्रिय निकुञ्ज देब दत्त गण चिसापानी सुरक्षा चेक प्वाईन्ट
चेपाङ बबईबाट खटिएका नेपाली सेना,बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानिय
मानिसहरुले खोजतलास गर्दै जाँदा दुबै जनालाई जङगली जनावरले आक्रमण गरी मृत्यु भएको
अबस्थामा फेला पारेको निज राम बहादुर चन्दको पेटको भागमा खाएको र कबि वलीको
घाँटिको भाग खाएको उक्त स्थानमा थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय छिन्चु
सुर्खेतबाट प्रहरी टोली खटिएको ।