प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट इलाका प्रहरी कार्यायल छिन्चु, सुर्खेतको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन उद्घाटन ।
२०८२-०५-०९
- A
- A-
- A+

सुर्खेत, ९ भदौ,२०८२
नेपाल प्रहरीका
महानिरीक्षक (आईजीपी) दिपक थापाले सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित इलाका प्रहरी कार्यालय छिन्चु परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, महिला
आवास भवन तथा भान्सा घरको एक भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा
आईजीपी थापाले भवनहरूको अवलोकन गर्नुका साथै परिसरमा वृक्षारोपण गरेर वातावरणीय
उत्तरदायित्वप्रति प्रहरीको प्रतिबद्धता पनि दर्शाउनुभयो । उहाँले सम्बोधन गर्दै
भने, “यी संरचनाहरू केवल इँटामाटोका संरचना होइनन्, प्रहरी र नागरिकबीचको विश्वासको द्योतक हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, घरेलु
द्वन्द्व र सामाजिक विकृतिहरूको न्यूनीकरणमा यी भवनहरू परिवर्तनका आधारशिला
बन्नेछन् ।”
आईजीपी थापाले भवन
निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गर्दै प्रहरी–समुदाय सहकार्यको सशक्त सन्देश दिनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. पुष्पराज शाही, प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, भेरीगंगा
नगरप्रमुख यज्ञ प्रसाद ढकाल, तथा Security and
Justice Program (SJP) का Senior Project Manager Simon
Peter O’Brien लगायत विशिष्ट अतिथिहरूले आ-आफ्ना मन्तव्य व्यक्त
गर्दै प्रहरी सेवा र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई जोड दिनुभएको थियो ।
UNOPS को आर्थिक
तथा प्राविधिक सहयोगमा रु. ३ करोड ३५ लाख २७ हजार ५२५ रुपैयाँ ९ पैसा लागतमा
निर्माण सम्पन्न भएको उक्त सेवा केन्द्रको निर्माण प्रतिवेदन UNOPS का Senior Engineer शिशिर उपाध्यायले प्रस्तुत
गर्नुभयो । कार्यक्रममा Operation Coordinator इन्द्र न्यौपानेले
स्वागत मन्तव्य र प्र.ना.म.नि माधव प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको
थियो । समारोहमा सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा
गैरसरकारी निकायका प्रतिनिधिहरू, राजनीतिक दलका अगुवा,
स्थानीय समाजसेवी, संचारकर्मी तथा
सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।