प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-०५-०९
- A
- A-
- A+

सुर्खेत, ९ भदौ २०८२
नेपाल प्रहरी संगठन प्रमुख श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक
दिपक थापाज्यू निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा यस कार्यालयमा पाल्नु भई यस
कार्यालयमा रहेको अमर प्रहरी स्मारिकामा पुष्पगुच्छा अर्पण, कार्यालय प्राङगणमा वृक्षारोपण,
भौतिक संरचनाको निरीक्षण गर्नु भयो ।
आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई श्रद्देय
श्रीमान् प्रहरी महानिरीक्षक थापाज्यूले भौगोलिक जटिलताको बाबजुद उपलव्ध सीमित
स्रोत साधन र जनशक्तिको उच्चतम उपयोग गरी समग्रमा प्रदेशस्थित शान्ति सुव्यवस्था
अमन चयन कायम गर्न, अपराध
नियन्त्रण तथा अनुसन्धान, विपद् एवम् ट्राफिक व्यवस्थापन
लगायतका कार्यमा प्रहरी कर्मचारीहरूले देखाएको व्यावसायिकता र निर्वाह गरेको
भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उक्त अवसरमा लागूऔषध कारोबार, सवारी दुर्घटना, आत्महत्या, महिला
बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध, चोरी
पैठारी जस्ता गतिविधिहरू हालको परिपेक्क्षमा चुनौतिको रूपमा देखापरेको बताउँदै
यस्ता गतिविधिलाई न्यूनीकरण तथा नियन्त्रणको लागि समुदायमा आधारित जनचेतनामूलक
कार्यक्रम संचालन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । महिला बालबालिका तथा
ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान
गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम्
फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय हुनुपर्ने, ट्राफिक व्यवस्थापनमा अझ शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने तथा भीड
नियन्त्रणमा धैर्यता एवम् थप संयमता अपनाई कार्यसम्पदान गर्न उपस्थित प्रहरी
कर्मचारीहरूलाई निर्देशन दिनुभयो थियो ।
उक्त कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव
महानिरीक्षक माधव प्रसाद श्रेष्ठज्यूले प्रहरी महानिरीक्षकज्यूले दिनु भएको
निर्देशन अक्षरस पालना गर्ने गराउने बाचाका साथ धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको
थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाज्यू , प्रहरी वरिष्ठ उपरीक्षक केदार
खनालज्यू, जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख
प्र.उ. सुधिर राज शाहीज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा
तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्र.उ. भावेश
रिमालज्यू, कर्णाली प्रदेश प्रहरी गण, सुर्खेतका
कार्यालय प्रमुख प्र.उ. प्रेम सागर के.सीज्यू लगायत यस कार्यालय तथा मातहतमा
कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।