लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०४-२०
- A
- A-
- A+
सुर्खेत,
मिति २०८२।०३।१९ गते अन्दाजी १६:४० बजेको समयमा जिल्ला
सुर्खेत लेकबेशी नगरपालिका वडा नं.१० बडीपाटी स्थित लागुऔषध नियन्त्रण शाखा
कार्यालय, सुर्खेत र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त प्रहरी
टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं.१०
बडीपाटी स्थित आफन्त घरमा बसेका जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३
बस्ने बर्ष २१ को नबिन रावल र जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं.१० बडीपाटी
बस्ने बर्ष २५ को रुपेश भण्डारीको साथबाट नापतौल गर्दा शुद्ध तौल १ ग्राम १४० मिलि
ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निज दुई जनालाई
नियन्त्रणमा आवश्यक अनुसन्धान कार्य भैइरहेको ।